२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

सरकारका वाचा व्यवहारमा लागू भएनन् : जसपा, नेपाल

सोमवार , आषाढ २३, २०८२

काठमाडौं, २३ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले सरकारले सुशासन र आर्थिक सुधारको वाचा पुरा गर्न नसकेको आरोप लगाउनुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले यस्तो आरोप लगाउनुभएको हो । सरकारको वाचा व्यवहारमा लागू नहुनु निराशाजनक रहेको उल्लेख गर्दै उहाँले  कुलिङ अफ पिरियड विवाद र भिजिट भिसा काण्डजस्ता घटनाले मुलुक अराजकततर्फ उन्मुख भएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एक वर्ष पहिले सरकारले केही वाचा गरेको थियो । मुलुकमा सुशासन दिने कुरा गर्नुभएको थियो । अर्थतन्त्र सुधार, कानूनी राज्य बनाउने कुरा गरेको थियो । हामीले त्यो अपेक्षा गरेका थियौं । तर त्यस्तो हुन सकने । यहाँहरुले भर्खरै कुलिङ अफ पिरियडको अवस्था देख्नुभयो, भिजिट भिसा काण्ड पनि आइरहेकै अवस्था छ । भनेपछि हामीले अराजकता बाहेक केही देखेनौं  । त्यो नदेखिसकेपछि साथ दिन सकिन्छ भन्ने लागेन ।’

सरकारका विवादित काम र निर्णयहरुले लोकतान्त्रिक प्रणालीमाथि जनविश्वास कम हुँदै गएको कारण सरकारलाई समर्थन दिईराख्ने अवस्था नरहेको पनि उहाँको भनाइ छ ।