
सोमवार , आषाढ २३, २०८२
भैरहवा, २३ असार । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जर्नादन यादव र सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिन कुमार पाण्डेयलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार वडाअध्यक्ष यादवले विभिन्न योजनाहरुको निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी सिफारिस प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी घुस/रिसवत मागेका थिए ।
उक्त घुस रकम सञ्चालक पाण्डेयले लिइसकेको अवस्थामा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाअध्यक्ष यादव र सञ्चालक पाण्डेयलाई तीन लाख रुपैयाँ घुससहित सोमबार नियन्त्रणमा लिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij