२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

पत्रकार महासंघ रुपन्देहीमा चार संगठनबीच गठबन्धन

शुक्रवार , चैत्र २०, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल, २० चैत। 
    नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारी नेपाल, रुपन्देहीको नेतृत्वमा जिल्लामा चारवटा संगठनबीच गठबन्धन गर्ने सहमति भएको छ । शुक्रबार चार वटा संगठनबीच भएको बैठकबाट संयुक्त रुपमा उम्मेदवार तय गरी चुनावमा जाने सैद्धान्तिक सहमति भएको हो ।

    महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिवद्ध व्यावसायिक पत्रकारहरुको रुपन्देही जिल्ला प्यानल निर्माण गरी अघि बढ्ने सहमति भएको चारवटा संगठनद्वारा हस्ताक्षरित सहमतिपत्रमा उल्लेख छ ।

    सहमतिपत्रमा प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस मञ्च नेपालका केन्द्रीय सचिव टि.आर. शर्मा, जनपत्रकार संगठनका सदस्य खोमा तरामु र संघीय पत्रकार परिषदका लुम्बिनी प्रदेश संयोजक सनु थापाले हस्ताक्षर गरेका छन् । 

    चार वटा संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् ।