२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

सिराहामा शिक्षकद्वारा १० छात्रामाथि यौन दुर्व्यवहार : सांसद थपलिया

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं, २४ असार । नेकपा (एमाले)की सांसद सम्झना थपलियाले सिराहाको गोलबजार नगरपालिका– ८ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षकले छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको विषयमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थपलियाले विद्यालयका १० जना छात्रामाथि शिक्षक हरी श्रेष्ठले यौनजन्य दुव्र्यवहार गरेको भएपनि विद्यालय प्रशासनले कुनै कारबाही प्रक्रिया नथालेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जिल्लाकै नमूना विद्यालय रहेको जनता नमूनामा पछिल्लो दश वर्षमा करिव १५ करोड अनुदान गएको भएपनि माध्यमिक शिक्षा परीक्षाको नतिजा समेत शुन्य आएको बताउनु भयो ।

लामो समयदेखि शारिरिक यौन हिंसामा परेका किशोरीहरु मानसिक रुपमा थलिएको उल्लेख गर्दै शिक्षकमाथि यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।