
मंगलवार , आषाढ २४, २०८२
काठमाडौं, २४ असार । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दिएको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गर्नुभएको छ ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे दिएको सांसद गौतमले दिएको अभिव्यक्ति निन्दनीय र भत्र्सनायोग्य रहेको टिप्पणी गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्रीको भ्रमण दलमा रहेका २८ जना नै स्वदेश फर्किसकेको कार्यालयले नै पुष्टि गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्नेगरी आएको अभिव्यक्ति निन्दनीय रहेको बताउनु भयो । उहाँले रास्वपा सांसदहरुलक्षित आफ्नै दलका नेताहरु जेलमा रहेको तथा मेनपावरमार्फत ठगी गरिरहेको आरोप समेत लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भ्रमण दलमा जम्मा २८ जना गएका रैछन् । त्यो नामावली प्रधानमन्त्रीको कार्यालयले समेत सार्वजनिक गरिसकेको छ । तीमध्ये को–को फर्किएनन् ? त्यो कुरा उठाउने माननीयज्यूहरुले भन्नुप¥यो । ती सबैजना प्रधानमन्त्रीसँगै स्वदेश फर्किएको प्रधानमन्त्रीको कार्यालयले स्पष्ट पारिसक्यो । यस्तो अफवाहको कुरा फैल्याउने र प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्ने कुरा निन्दनीय छ । यो भत्र्सनायोग्य छ ।
र आफ्नो आङको भैंसी नदेख्ने अरुको आङमा जुम्रा खोज्दै हिड्ने प्रवृत्ति कतिपय मान्छेमा देखिन्छ । आफ्नै दलका नेताहरु ठगी काण्डमा छन्, जेलमा छन् । आफ्नै दलका नेताहरु मेनपावर चलाउँछन् र ठगी गर्दै विदेश पठाइरहेका छन् । दलाली गरिरहेका छन् । ती प्रश्नहरुको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीजस्तो संस्थालाई लाञ्छित गर्ने जुन काम उहाँहरु गर्नुभयो यो भत्र्सनायोग्य छ । नभए नफर्किएको सूचीहरुले दिनुपर्छ ।’
उहाँले प्रधानमन्त्रीको भ्रमण दलमा रहेको कुन सदस्य नफर्किएको हो प्रमाणित गर्न चुनौती समेत दिनुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij