२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

उत्तरपूर्वी स्पेनमा डढेलो : १८ हजार मानिस घरमै थुनिए

बुधवार , आषाढ २५, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २५ असार । जंगलको आगो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका नौ नगरपालिकाहरूमा लगभग १८ हजार मानिसहरू आफ्नो घरहरूमा सिमित छन् ।

    क्याटालोनियाको तारागोना नजिकै ३ हजार हेक्टरभन्दा बढी जंगल जलेर नष्ट भएको आगोसँग सयौं अग्निनियन्त्रकहरू र स्पेनको आपतकालीन सैन्य इकाईका सदस्यहरू लडिरहेका छन् । आगलागीको कारण अझै स्पष्ट भएको छैन । पहाडी भूभागमा अग्निनियन्त्रकहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन् ।

    तापक्रम लगभग ३५ डिग्री सेन्टिग्रेड पुगेको छ । प्रतिघण्टा ९० किलोमिटरभन्दा बढीको गतिमा हावा चलेको छ ।