२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

भिजिट भिसाको दुरुपयोग गर्नेले नैतिकताका कुरा नसिकाउनुस :गृहमन्त्री लेखक

बुधवार , आषाढ २५, २०८२

काठमाण्डाै । गृहमन्त्री रमेश लेखकले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले नैतिकताका कुरा नसिकाउन आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बुधवार बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अहिले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर प्रश्न उठाइएको भन्दै प्रधानमन्त्रीसँग जाने मानिसहरु सरकारले निर्णय गरेर लैजाने र नामहरु सार्वजनिक पनि हुने गरेको बताउनु भयो । उहाँले यस्ता न्युनतम जानकारी राख्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई आग्रह गर्नुभयो ।

कोको जानुभएको थियो र त्यसमध्ये को फर्किएर आएन भनेर भनिदिए सरकारलाई सजिलो हुने बतउनु भयो । कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि नपुगिने उहाँको भनाइ छ । सहकारी ठगी प्रकरणमा अदालतको फैसलासँगै कारागारमा रहेका राष्ट्रिय सभाका सभापति रवि लामिछाने कुनै बेला भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको कुरा स्मरण गराउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘हिजोआज फेरि सम्माननीय प्रधानमन्त्रीज्यु मित्रराष्ट्र स्पेनको भ्रमणमा जानुभयो । सम्माननीय प्रधानमन्त्रीज्युसँग गएका मानिसहरु उतै बसे भन्नेकुरा उठिरहेको छ । हामीले पनि कुनैपनि विषयको न्युनतम जानकारी र ज्ञान राख्नुपर्छ । कमसेकम सम्मानित सदनमा अत्यन्त जिम्मेवार भएर विषयलाई मर्यादित ढंगले प्रश्तुत गर्दा राम्रो हुन्छ । सम्माननीय प्रधानमन्त्रीज्युले विदेशको औपचारिक भ्रमण गर्दा उहाँको प्रतिनिधि मण्डलामा जाने मानिसहरुको नेपाल सरकार मन्त्रीपरिषद्ले निर्णय गरेर मात्रै जान्छ । कोको मानिस सम्माननीय प्रधानमन्त्रीजीसँग विदेश जानुभएको भन्नेकुरा सार्वजनिक हुन्छ ।

कोको जानुभएको थियो, त्यसमध्ये को फर्किएर आएन भनेर भनिदिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो । होइन भने यस्ता कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि पुगिँदैन । जो साथीहरुले कुरा उठाइरहनुभएको छ, मैले एउटा करा सुनेको छु, सुनेको कुरा जान्ने साथीहरुलाई थाहा होला र मलाई पनि जानकारी छ । मान्य रवि लामिछानेजी यही सम्मानित सदनको सदस्य रहनुभएको थियो । उहाँ कुनै समय अमेरिकाको भिजिट भिसामै भिजिट गर्न जानुभएको भन्ने सुनेको छु ।

भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो की होइन रु होइन भने के भिसामा जानुभएको हो रु त्यो जानकारी गराइदिनुहोला । भिजिट भिसामै जानुभएको हो भने भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ की पाइँदैन । त्यो भिजिट भिसाको दुरुपयोग हो की होइन । अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरुले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुन्छ की हुँदैन ।

नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने की आफूबाट प्रारम्भ गर्ने रु यति कुरा मैले आजसम्म भनेको थिइँन । तर साथीहरुले अलि गर्न नहुनेतिर बढी लाग्नुभएको छ ।’नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने भन्दा आफूबाट लागू गर्न आग्रह गर्नुभयो ।