२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

सहकारीमा मनपरी गर्ने र बिगार्नेहरु हिमायती बनेर हिँडिरहेका छन् : मन्त्री अधिकारी

बुधवार , आषाढ २५, २०८२

काठमाडौं, २५ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई कमजोर बनाउने र आफ्नो फाइदा लिन चाहने शक्तिहरु क्रियाशिल रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सहकारी बिग्रियो भन्ने भाष्य खडा गरेर देशव्यापी रुपमा सहकारीबारे भ्रम फैल्याएर सहकारीलाई कमजोर काम भइरहेको बताउनु भयो । सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरु नै सहकारीको हिमायती बनेर प्रचारमा हिँडिरहेको जिकिर गर्नुभयो । यस्ता कुरामा सजग हुनुपर्ने र सहकारीलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो ।

न्त्री अधिकारीले भन्नुभयो, ‘अहिले सहकारी बिग्रियो भन्ने भाष्य खडा गरेर देशव्यापी रुपमा सहकारीबारे भ्रम फैल्याएर सहकारीलाई कमजोर बनाउने र आफ्नो फाइदा लिन चाहने शक्तिहरु लागेको अवस्था छ । सहकारीमा जसले मनपरी ग¥यो, जसले सहकारी बिगा¥यो उनीहरु नै सहकारी हिमायती बनेर प्रचार गर्ने र अगाडि बढ्ने गरेका छन् । यि कुराहरुमा हामी सजग हुनुपर्छ । त्यस्ता कुराको खण्डन गरेर सहकारीलाई व्यवस्थित गर्न जरुरी छ ।’

मन्त्री अधिकारीले केही समस्या आउँदैमा सबै सकियो भन्नेकुरा गलत रहेको बताउनु भयो ।