
शनिवार , चैत्र २१, २०७७
बुटवल, २१ चैत ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ अन्तर्गत ठूलाखर्क स्थायी घर भई रुपन्देही, नवलपरासी र कपिलवस्तुमा बसोबास गरिरहेकाहरुले ठूलाखर्क सेवा समाज गठन गरेका छन् ।
तिलोत्तमाको शंकरनगर वनवाटिकामा आयोजित वृहत भेलाले सामाजिक कार्य गर्ने उद्देश्यले ठूलाखर्क सेवा समाजको गठन गरेको हो । टामलाल ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरिएको छ । समाजको उपाध्यक्षमा घनश्याम ज्ञवाली, सचिवमा किशोर ज्ञवाली, सह–सचिवमा शोभा ज्ञवाली र कोषाध्यक्षमा लक्ष्मण ज्ञवाली चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा शान्ता ज्ञवाली, सावित्री घिमिरे ज्ञवाली, अशोक ज्ञवाली, कमल ज्ञवाली, सुमन ज्ञवाली, रेवती ज्ञवाली, शिव खनाल, गिरिराज ज्ञवाली, लोकराज ज्ञवाली र भतर ज्ञवाली रहेका छन् । हरिप्रसाद, हेमनाथ ज्ञवाली तथा दिपक ज्ञवाली सदस्य रहेको निर्वाचन मण्डलले कार्यसमितिको घोषणा गरेको थियो ।
विभिन्न पेशा व्यवसाय गरी बसोवास गर्दै आएका बासिन्दाले समाज गठन गरेका हुन् । समाजले सामाजिक क्रियाकलाप गर्नुका साथै ठूलाखर्कबासीको सेवामा विभिन्न काम गर्नेछ ।
‘गाउँघरका अधिकांश युवाहरु शहरमा छन्, समाजका अध्यक्ष टामलाल ज्ञवालीले भने, ‘समाजको गठन गरेर सामाजिक काम गर्ने र आपसी भाइचारा एवं भातृत्वको विकास गर्ने हाम्रो उद्देश्य हो ।’
यसअघि भेलालाई सम्बोधन गर्दै ठूलाखर्कका ज्येष्ठ नागरिक नारायण प्रसाद ज्ञवालीले समाजले गर्ने हरेक कामको सफलताको शुभकामना दिए । त्यस्तै वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले रचनात्मक काममा समाजले आफूलाई समर्पित गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लेखनाथ ज्ञवाली, मोहन ज्ञवाली, धर्मराज ज्ञवाली, किशोर ज्ञवाली, शोभा ज्ञवाली, घनश्याम ज्ञवाली, किशोर ज्ञवाली, पत्रकार लक्ष्मण पौडेल, दिपक ज्ञवाली लगायतले समाज गठन हुनु सकारात्मक काम भएको उल्लेख गरे । उनले यसको दिगोपनाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । भेलामा करिव ३ सय जनाको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij