२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनी फुटसल लिगमा छनौट

शनिवार , चैत्र २१, २०७७

बुटवल, २१ चैत ।
रुपन्देहीमा सम्पन्न ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेलमा लुम्बिनी फुटसल विजेता भन्दै छनौट भएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा सनराईज स्पोर्ट्स भलबारीमा शनिबार भएको फाइनल खेलमा झरना स्पोर्ट्स क्लबलाई ७–१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो । 

लुम्बिनीका रफि महर्जनले गोल गर्दै अग्रता लिएका थिए । लुम्बिनीको जितमा गेली शेर्पाले –२, रुपेन बराईलीले–२,  रोजल दाहाल र झरनाका जितेश गुरुङले आत्मघाती गोल गरेका थिए । त्यस्तै झरनाका मोहन बहादुर थापामगरले २ गोल गरेका थिए । खेलमा रफि महर्जन म्यान अफ दी म्याच घोषित भएका थिए । 

चैत १९ गतेदेखि सुरु भएको छनौट खेलमा तीनवटा प्रदेशका ८ टिममध्येबाट लुम्बिनी फुटसल ए डिभिजनमा पर्न सफल भएको संयोजक विनोद गुरुङले बताए । योसंगै लुम्बिनीले लिग तयारीको लागि नगद १ लाख रुपैया क्लब ब्यवस्थापन र यातायात खर्च पाउने उनले बताए । 

रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देहीबीच छनौट खेल भएको थियो । लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोली चयन हुनेछ । काठमाण्डौमा हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।