
बिहिवार , आषाढ २६, २०८२
भैरहवा, २६ असार । अर्घाखाँची सिमेन्ट लिमिटेडले रुपन्देहीको भैरहवास्थित भीम अस्पताललाई तीन थान एयर कन्डिसनर (एसी) सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले अस्पताललाई दुई टन क्षमताको तीन थान एसी हस्तान्तरण गरेको महाप्रबन्धक उद्वव बहादुर कार्कीले बताउनुभयो । सेवाग्राहीको सेवासुविधाका लागि अस्पतालमा निर्मित नयाँ भवनमा एसी जडान गरिएको कार्कीले जानकारी दिनुभयो । अस्पताललाई एसी हस्तान्तरण गर्न पाउँदा हर्षित भएको उहाँले बताउनुभयो ।
अस्पताल प्रमुख (मेडिकल सपरीटेण्डेण्ट) डा. शकुन्तला गुप्ताले अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै एसी उपलब्ध गराएको भन्दै अर्घाखाँची सिमेन्ट लिमिटेडप्रति आभार व्यक्त गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij