
बिहिवार , आषाढ २६, २०८२
काठमाण्डाैं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रतामा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायिक स्वतन्त्रता न्यायपालिकाको आत्मा भएको उल्लेख गर्दै यसबाट प्रधानन्यायाधीश पनि टाढा हुन नसक्ने बताउनु भयो ।
उहाँले न्यायाधीशहरुको न्यायिक निर्णय, काम–कारबाही र भूमिकामा निष्ठाको आवश्यकता रहेको बताउनु भयो । पछिल्लो समय निष्ठा भएपनि व्यत्ति पाउन गाह्रो रहेको उहाँको भनाइ छ । उहाँले अदालतको कुनै एक मुद्दालाई लिएर न्यायपालिकाको समग्र विश्वसनीयतामाथि प्रश्न उठाउनु अनुचित हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘न्यायाधीशको इन्डिपेन्डेन्स भनेको न्यायपालिकाको आत्मा हो । त्यसमा हस्तक्षेप अस्वीकार्य हुन्छ । त्यो दर्शनबाट प्रधानन्यायाधीश धेरै टाढा रहदैन । हाम्रा काम कारबाहीहरु, हाम्रा निर्णयहरु, हाम्रा भूमिकाहरु ठिक ठाउँमा प्रयोग हुनुपर्दछ । यस सम्बन्धमा निष्ठा नभएको मान्छेले गर्न थाल्यो भने कुरा अन्तै पर्छ । अहिलेको समयमा निष्ठा भएको मान्छे खोज्न थाल्यो भने मुस्किल छ । मैले हजारौं मुद्दा फैसला गरे अथवा हाम्रो अदालतबाट भएका हजारौं फैसलामध्ये एउटा मुद्दा तलमाथि भयो भने दिहाल्छन् अरु ९९९ वटा मुद्दाको कुनै सरोकार नै छन् । त्यसका बाबजुदपनि मैले न्यायापालिाको जिम्मा लिन्छु भनेको छु । लिन्छु पनि ।’
उहाँले तमाम चुनौतीका बीच पनि आफू न्यायपालिकाको जिम्मेवारी लिन तयार रहेको दोहो¥याउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij