२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोटरी बुटवल चौतारीद्वारा मानवसेवा आश्रममा आश्रय लिएकाहरुलाई भोजन

आइतवार , आषाढ २९, २०८२

बुटवल, २९ असार । मानवसेवा आश्रममा आश्रय लिएकाहरुलाई खाना खुवाएर रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो २५७ औं नियमित बैठक सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा भलवारीस्थित मोक्षधाममा सञ्चालित मानवसेवा आश्रममा आश्रय लिएकाहरुलाई शनिबार भोजनसहित रोटरी चौतारीले आफ्नो नियमित बैठक सम्पन्न गरेको हो ।

रोटेरीयनहरु बासु भुसाल, विष्णु भट्टराई र विष्णु पौडेलको जन्मदिन र वैवाहिक वर्षगाँठको अवसरमा क्लबले आश्रमका बासिन्दाहरूको लागि माया र सम्मानका साथ खाना वितरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेल, पूर्वअध्यक्ष दिनेशमणि सुवेदीलगायत सम्पूर्ण रोटरीयनहरुको सहभागीता थियो । 

कार्यक्रममा क्लबका अध्यक्ष राजु अधिकारीले मानव सेवा नै सबैभन्दा ठूलो धर्म रहेको र रोटरी क्लब अफ बुटवल चौतारी र मानवसेवा आश्रमबीच धेरै वर्षदेखि निरन्तर सहकार्य रहँदै आएकोले अहिले पनि यसैलाई निरन्तरता दिइएको बताउनुभयो ।

विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकबिहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिदै आएको छ । यसरी आश्रय लिएकाहरुलाई क्लवले खाना खुवाएको अध्यक्ष अधिकारीले जानकारी दिए । 

क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले मानवसेवा आश्रममा कार्यक्रम गर्न पाउँदा खुसीको अनुभूति भएको बताउनुभयो । उहाँले क्लबले आगामी दिनमा पनि आश्रममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।आश्रममा १२५ जनाले आश्रय लिएका छन् ।  पछिल्लो समय वैवाहिक उत्सव, जन्मदिन, पितृकार्यलगायतका अवसरमा आश्रममा आश्रितलाई खाना खुवाउने र आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको छ् ।