२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

राप्रपा सियारी र बुटवल–११ को अधिवेशन सम्पन्न

आइतवार , चैत्र २२, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, २२ चैत । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही, सियारी गाउँपालिकाको परिषद तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भोला प्रसाद थारुको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    रंगनाथ गुप्ताको अध्यक्षता, राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अलिको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्य तोयानाथ लम्साल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, युवक संगठन केन्द्रीय सह–महामन्त्री अर्जुन थापा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । राप्रपाका युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    त्यस्तै राप्रपा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिपक लामाको अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । राप्रपा लुम्बिनी प्रदेश प्रमुख प्रदीप कुमार उदयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।Raprapa.jpg