२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको  नयाँ नेतृत्व

आइतवार , चैत्र २२, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल,चैत २२–

    नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अधिवेशन काठमाडौमा सम्पन्न भएको छ ।  अधिवेशनवाट  केन्द्रीय अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान  विजयी भएका छन् । नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिएका थिए । प्रधान ३०२ मतसहित विजयी हुँदा श्रेष्ठले ४३ मत मात्रै पाए ।

    अधिवेसनबाट पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएनका अध्यक्ष प्रेम न्यौपाने लुम्बिनी प्रदेश संयोजकमा ,एसोसिएनका वरिष्ठ उपाध्यक्ष  हिमाल गैरे  केन्द्रीय सचिवमा निर्वाचित भएका छन् ।
    महासचिव हरिराम कसौधन र सदस्य राजु न्यौपाने केन्द्रीय सदस्यमा निर्बिरोध निर्बाचित भएको प्रेश सल्लाहकार खिमानन्द भट्टराईले जानकारी दिनुभयो । 

    काठमाडौँमा २० र २१ गते भैरहेको ४२ औं अधिबेशनबाट गैरे सचिवमा निर्बिरोध निर्बाचित भएका हुन् ।एसोसिएसनको अधिवेशनमा प्रतिनिधीमुलक संस्थानबाट ३५१ जना मतदाता र १ हजार ७५० डिलर्स सहभागि छन्। एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार गुरुङ, प्रथम उपाध्यक्षमा ई।विनोद कुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिल कुमार बिड्ला निर्विरोध निर्वाचित भए ।यसैगरी महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् ।