२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाए : प्रधानमन्त्री ओली

आइतवार , आषाढ २९, २०८२

काठमाडौं काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताउनुभएको हो । उहाँले सहकारीका करोडौँ झ्वाँम पार्ने, गरिव जनताका पैसा खाएर अन्याय  पर्याे भन्दै हस्ताक्षर गर्ने गरेको बताउनु भयो ।

अदालतले थुन्ने आदेश दिएपनि एमालेमाथि प्रहार भइरहेको बताउनु भयो । उहाँले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिनुभयो । भीरमा भैँसी चराउन लैजाने र चराउन नजानेर लडाएपछि निहुँ खोज्ने काम नगर्न चेतावनी दिनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भ्रष्ट तत्वहरु हस्ताक्षर क्याम्पियन चलाएर हिँडेका छन् । सहकारीका करोडौँ झ्वाँम पार्ने गरिव जनताका पैसा अनि अन्याय प¥यो भन्ने । हामीले गरिदिएको हो अन्याय । अदालतले लगेर थुनेको छ त हामीले अन्याय गरिदिएको हो ? मुद्दा लड्न जाउ न अदालतका विरुद्ध पुनरावेदन गर्न पाइन्छ ।मुद्दा लड्न पाइन्छ ।

अनि जे भएपनि भीरमा भैँसी लैजाने, चराउन नजानेर आफूले लडाउने, अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने । मेरो भैँसी भीरबाट लड्यो भनेर निहुँ खोज्ने । यस्तो पनि हुन्छ ? यो वास्वतमा भ्रष्ट तत्वहरुका चर्चा हुन् । ति भ्रष्ट तत्वहरु, प्रतिपक्षमा रहेका त्यस्ता तत्वहरु ति तत्वहरुले वास्तवमा यस्तो झुट अफवाह फैल्याएका छन् ।’

प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका भ्रष्ट तत्वहरुले अफवाह फैल्याइरहेको बताउनु भयो ।