२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

वडा सदस्य के.सी.द्वारा बिरामीको उपचारमा सहयोग

सोमवार , आषाढ ३०, २०८२

भैरहवा, ३० असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार के.सी.ले बिरामीलाई उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले आँखामा जटिल समस्या भइ आर्थिक अभावका कारण उपचारमा समस्या आएका बिरामीलाई ८ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

वडा सदस्य के.सी.ले आइतबार सिद्धार्थनगर–६ पिपरहिया निवासी सत्यनारायण चौधरीको घरमै पुगेर उक्त रकम हस्तान्तरण गर्नुभयो ।

नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव समेत रहनुभएका के.सी.ले व्यक्तिगत रुपमा उक्त रकम सहयोग गर्नुभएको हो । उहाँले केही साता अघि सिद्धार्थनगर–६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।