२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सिरियाको स्वेइडामा ड्रुज–बेदुइन झडपमा मृत्यु हुनेको संख्या १८ पुग्यो

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं, ३० असार । स्थानीय सञ्चारमाध्यम र सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार आईतबार सिरियाको दक्षिणी प्रान्त स्वेइडामा स्थानीय ड्रुज समुदाय र बेदुइन जनजातिबीच भएको भीषण झडपमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

करिव ५० जना घाइते भएका छन् । मृत्यु हुनेमा ड्रुज समुदायका १४ सदस्य र चार बेदुइन जनजातिहरू समावेश छन् । घाइतेहरूमा धेरै बालबालिका र गम्भीर अवस्थामा रहेका व्यक्तिहरू छन् । स्वेइडाका धेरै क्षेत्रहरूमा हिंसा तिब्र भएको छ ।

अहिलेसम्म कुनै आधिकारिक हस्तक्षेपको घोषणा नभएकोले स्थानीय समुदायका नेताहरूले दुवै पक्षका बन्दीहरूको रिहाइको लागि मध्यस्थता र वार्ता गर्ने प्रयास गरिरहेका छन् ।