
सोमवार , आषाढ ३०, २०८२
काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्ने दाबी गर्नुभएको छ ।
प्रतनिधि सभाको बैठकमा सोमवार बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराहरुको बीचमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कयाँै मानक बनाउन सकेको बताउनु भयो । उहाँले आफू सोही दिशाका लागि आत्मलोचनासहित अघि बढेको बताउनु भयो । उहाँले गणतन्त्रमाथि राजावादी मात्र नभइ सरकारको कार्यशैलीबाट नै खतरा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराका बीचमा पनि कयौँ मानक बनाउनसक्यौँ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा । पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देशलाई रुपान्तरण गर्नसक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ । यही अठोटका साथ आत्मलोचनाका साथ अघि बढेका छौँ ।’
उहाँले सरकारले कुशासनको तानाशाही गाढा चलाइरहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij