२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लायन्स बुटवल क्षितिजको नवौं चार्टर नाइट, तीन विद्यार्थीलाई छात्रवृत्ति वितरण

मंगलवार , आषाढ ३१, २०८२

बुटवल, ३१ असार । लायन्स क्लब अफ बुटवल क्षितिजको नवौं चार्टर नाइट तथा अवार्ड सेरोमोनी बुटवलमा सम्पन्न भएको छ । वर्ष २०२४–२५ को कार्यकालको लागि गरिएको उक्त चार्टर नाइट तथा अवार्ड सेरेमोनी आयोजना गरिएको हो ।

चार्टर्ड नाइट तथा अवार्ड सेरेमोनी कार्यक्रममा वर्ष २०२४–२५ का अध्यक्ष आविष्कार खनालले आफ्नो कार्यकालमा विभिन्न भूमिकामा रहेर  सहयोग गर्ने क्लबका संस्थापक अध्यक्ष पूर्वअध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू, लियो क्लब अफ बुटवल क्षितिजका अध्यक्ष वर्षा काफ्ले, सचिव स्वेच्छा ज्ञवाली, उपाध्यक्ष पृथ्वी पाण्डे लगायतका विभिन्न व्यक्ति एवं संघ–संस्थालाई मायाको चिनो र सम्मान–पत्रद्वारा सम्मान गर्नुभएको थियो ।

अध्यक्ष खनालले आफ्नो कार्यकालमा उत्कृष्ट रूपमा सहयोग पुर्याउने क्लबका पूर्वअध्यक्ष लोकेन्द्र लिम्बू, प्रथम उपाध्यक्ष डा. श्री खरेल, तृतीय उपाध्यक्ष गुप्त पुन, सचिव प्रदीप गुप्ता र सागर पाँडेलाई उत्कृष्ट लायनको रूपमा अवार्ड प्रदान गर्नुभएको थियो । सो अवसरमा वर्ष २०२४–२५ को कार्यकाल समेटेर तयार गरेको क्लबको डाइरेक्ट्री ‘क्षितिज स्मारिका’ को पनि विमोचन गरिएको थियो । 

सोही समारोहमा वर्ष २०२४–२५ का अध्यक्ष खनालले आफ्नो कार्यकालको अन्त्यसँगै बुटवल उपमहानगरपालिका वडा नम्बर १४ विनायकपुर रुपन्देहीमा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत गरीब तथा जेहेनदार तीनजना विद्यार्थीहरू जनही रु. ३ हजारका दरले छात्रवृत्तिवापत चेक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीसँगै विद्यालयका प्रधानाध्यापक शिवा पोख्रेलको समेत उपस्थिति थियो । उक्त समारोहमा क्लबका नवनियुक्त अध्यक्ष डा. श्री खरेलले आफ्नो आफ्नो कार्यकालको कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले आविष्कार खनालको नेतृत्वमा लायन वर्ष २०२४–२०२५ मा लायन्स बुटवल क्षितिजले थुप्रै महत्वपूर्ण  र रचनात्मक कार्यहरू गरेको बताउनुभयो । उहाँले लायन्स बुटवल क्षितिजलाई डिष्ट्रिक्टमा बलियो क्लबको रूपमा स्थापित र परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । साथै उहाँले वर्ष २०२५–२०२६ को कार्यकालको लागि अध्यक्ष डा.खरेल नेतृत्वको टीमलाई पनि सफलताको शुभकामना दिनुभयो ।

loooo.jpeg

लायन्स बुटवल क्षितिज लायन वर्ष २०२५–२६ का अध्यक्ष डा. श्री खरेलको अध्यक्षता, लायन्स डिष्ट्रिक्ट ३२५ पी, नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता, फस्र्ट भाइस डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधन, द्वितीय गभर्नर मिना पन्थी तथा पाष्ट डिष्ट्रिक्ट गभर्नर अर्जुनमान सैंजुको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी एमएल पाण्डे, क्याबिनेट ट्रेजरर संगम न्यौपाने, सेक्रेटरियल एडभाइजर माधव खनाल, फाइनान्सियल एडभाइजर प्रकाश कुमार श्रेष्ठ, लायन्स बुटवल क्षितिजका संस्थापक अध्यक्ष राजीव श्रेष्ठ, सिनियर डिष्ट्रिक्ट एडभाइजर शान्ति पाठक पाण्डे, लायन्स बुटवल क्षितिजका पूर्वअध्यक्षहरू एवं डिष्ट्रिक्टका पदाधिकारीहरु मिलन कुमार पुन, शंकर पाण्डे, नारायण थापा, लोकेन्द्र लिम्बु, पवन लाकौल, ध्रुवकुमार शर्मा, एरिया–३ का एरिया चिफ कृष्णप्रसाद पाण्डेलगायत लायन्स डिष्ट्रिक्टका पदाधिकारीहरूको आतिथ्यता रहेको थियो । 

क्लबका प्रथम उपाध्यक्ष उदयबहादुर खत्रीको स्वागत, संस्थापक अध्यक्ष राजीव श्रेष्ठको शुभकामना तथा द्वितीय उपाध्यक्ष गुप्त पुनको झण्डाको अभिवादन रहेको उक्त कार्यक्रमको सञ्चालन वर्ष २०२४–२०२५ का सचिव प्रदिप गुप्ताले गर्नुभएको थियो ।