२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

बसडिलवास्थित शिव मन्दिरमा सौचालय हस्तान्त्रण

मंगलवार , आषाढ ३१, २०८२

भैरहवा । सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर ८ बसडिलवा स्थित ऐतिहासिक शिव मन्दिर परिसर भित्र शौचालय निर्माण गरिएको छ । 

राष्ट्रिय बाणिज्य बैकको सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरमा सौचालय निर्माण गरिएको बैंकका लुम्बिनी प्रदेश प्रमुख गणेशचन्द्र पौडेलले जानकारी दिनुभयो । 

बैंकका लुम्बिनी प्रदेश प्रमुख गणेशचन्द्र पौडेलले मन्दिरमा अध्यक्ष पशुपति न्यौपानेलाई सौचालय हस्तान्त्रण गर्दै रमणीय र पबित्र स्थानमा बैकको पनि उपस्थित रहन पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले आगामी दिनहरुमा पनि मन्दिरलाई सहयोग गर्दै जाने बताउनुभयो । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पशुपति न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको स्वागत समितिका उपाध्यक्ष नरबहादुर कुँवरले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन समितिका सचीव दुर्गा बहादुर कवारले गर्नु भएको थियो ।