
मंगलवार , आषाढ ३१, २०८२
काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनता र देशमाथि घात प्रतिघात गर्नेहरुलाई हदैसम्मको कारबवही गर्न माग गर्नुभएको छ । घुस अडियो प्रकरणमा मुछिएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएकोे सन्दर्भ जोड्दै यस्ता घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो–‘सकेसम्म यस्ता घटनाहरुलाई लुकाउने, बाहिर आए पनि गल्ती र अपराध अस्वीकार गर्ने र एकाद घटनाहरुमा कारवाही भए गरिए प्रतिशोध भयो भन्ने गरिन्छ ।’ केही घटनाहरु उल्लेख गर्दै उहाँ भन्नुहुन्छ्, ‘करोडौं रकम धरौटी बुझाउने रवि लामिछानेमाथि सत्तारुढ दलको प्रतिशोध । ३५ लाख रकम धरौटी बुझाएका माधव नेपालमाथि एमालेको प्रतिशोध । २५ लाख रकम धरौटी बुझाएका काँग्रेसका पूर्वमन्त्री मोहन बस्नेतमाथि पार्टीबाटै प्रतिशोध । अनि एमालेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता चाहीँ एआईको शिकार !’
राज्यलाई बुझाएको धरौटी रकम र आफ्नो पदबाट दिएको राजीनामा नै उहाँहरुमाथि थप छानबीन गरी कारवाही गर्नुपर्छ भन्ने प्रमाण भएको उहाँले जिकिर गर्नुभयो । यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरुले सजाय स्वीकार गर्ने तर, आफूले गरेको गल्ती र अपराध स्वीकार नगर्ने गरेको उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij