
बुधवार , श्रावण १, २०८२
भैरहवा । भैरहवास्थित भुमिसुधार तथा मालपोत कार्यालयमा कार्यालय प्रमुख रहदा गौतमबुद्ध अन्तरताष्ट्रिय बिमानस्थलको रनवेको जग्गा व्यक्तिको नाममा गराउदै कुमार आर्चाय घुस सहित रंगेहात पक्राउ परेका छन् ।
भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका कार्यालयका प्रमुखको रुपमा रहेका आर्चाय सहित दुईजना २४ लाख ५० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई भक्तपुरकै चाँगुनारायणको करिब १४ रोपनी जग्गा मोही र तलसिंको नाममा कायम पार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको जनाएको छ ।
आचार्य र राउतबाट रु. २४ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
आयोगको टोलीले मंगलबार भक्तपुर नगापालिका–२ ब्यासीस्थित कार्यालय परिसरबाटै उहाँहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
उहाँहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले पुष्टि गर्नु भएको छ। मातपोत प्रमुख कुमार आचार्य बिगतदेखि नै विवादित छविको व्यक्ति हुनुहुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij