
मंगलवार , चैत्र २४, २०७७
भैरहवा, २४ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवदह नगर कार्यसमिति, रुपन्देहीको नगर परिषद तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले माधव रिमालको अध्यक्षतामा ३१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
त्यस्तै सदस्यहरुमा तोयानाथ लम्साल, शशी भण्डारी, हेमलाल गौतम, कृष्ण वि.क., खेम नारायण ढकाल (दुर्गा), धन बहादुर लोहार, मिना देवी रिमाल, गंगाराम गैरे, यज्ञ प्रसाद तिवारी, नारायण प्रसाद ढकाल, कृष्ण तिवारी, कमला मल्ल, राजकुमार श्रेष्ठ, गंगाराम वि.क., कोमल प्रसाद पाण्डे, लाल बहादुर ठकुरी, प्रेम नारायण केवट, पूर्ण चन्द भुसाल, फत्ते बहादुर गुरुङ, गीता कुमारी पौडेल क्षेत्री, नगेन्दर चौधरी, मंगल थारु, मीना कुमारी हरिजन, तिलक कुमारी घर्ती, समसुल हक, उमा राना, अकलुन निशा मुसलमान, रामनाथ कंवर, चिनक मल्लाह, गोविन्द तेली, मिना देवी चमार निर्वाचित भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले मुलुकमा राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको आवश्यकता रहेको बताए । उनले नेपाली कांग्रेस र कम्युनिष्ट नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेकोले अब सरकारको नेतृत्व राप्रपाले गर्नुपर्ने बताए ।
त्यस्तै विशिष्ट अतिथि राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले कम्युनिष्ट नेतृत्वको सरकारले जनताको मतको अपमान गरेको बताए । उनले अब ताजा जनादेशमा जानुपर्ने बताए ।
राप्रपा केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अलीको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्य तोयानाथ लम्साल, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, पार्टीका नेताहरु अर्जुन थापा, शंकर खत्री, चन्द्रभक्त श्रेष्ठ, विश्व प्रकाश श्रेष्ठ, अमृत पाण्डेय, कमल गौतम लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij