
बिहिवार , श्रावण २, २०८२
भैरहवा, १ साउन । आस्था महिला उद्यमी संघ सिद्धार्थनगरको आयोजनामा रुपन्देहीको भैरहवामा दुईदिने मेहेन्दी लगाउने तालिम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित चेम्बर अफ कमर्सको सभाहलमा मंगलबार र बुधबार तालिम सञ्चालन भएको हो ।
तालिममा १६५ जनाको सहभागीता रहेको आस्था महिला उद्यमी संघको अध्यक्ष मिनिता थापा क्षेत्रीले जानकारी दिनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको प्रमुख आतिथ्यता, संस्थाका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको विशेष आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा उपसभापति रुपमा हिराचन, समाजसेवी लता प्रधानको आतिथ्यतामा कार्यक्रम समापन गरिएको थियो ।
त्यस्तै तालिमको उद्घाटन कार्यक्रम सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको निवर्तमान कार्यसमिति सदस्य एवं परामर्शदाता यमकला न्यौपानेको प्रमुख आतिथ्यता तथा आस्था महिला उद्यमी संघको सचिव उषा बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको संयोजकत्व संघको सचिव जमुना लिगलले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
तालिमको सहजीकरण नाजिया खातुन, विजया गिरी र कल्पना रानाले सहजीकरण गर्नुभएको थियो । आस्था महिला उद्यमी संघमा दिनप्रतिदिन सदस्यहरुको संख्या बढ्दै गएको अध्यक्ष मिनिता थापा क्षेत्रीले बताउनुभयो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij