२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

सरकार परिवर्तनको तयारीपछि प्रदेश सभा स्थगितको निर्णय

मंगलवार , चैत्र २४, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • बुटवल २४ चैत्र।

    सरकार परिवर्तनको कसरत भएपछि शंकर पोखरेल नेतृत्वको सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गर्ने निर्यण गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले मंगलबार रातीदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। छिट्टै बजेट अधिवेसन सुरु गर्ने तयारी स्वरुप अधिवेसन अन्त गर्न लागेको चौधरीले बताए।

    ‘मंगलबार प्रदेश पूर्वाधार प्राधिकरणको विध्येक पारित गरेर अधिवेसन अन्त हुन्छ।’ उनले भने ‘अहिलेको अधिवेशन अन्त्य गरेर नीति कार्यक्रम र बजेटको लागि छिट्टै बजेट अधिवेशन सुरु गर्नुपर्ने छ।’ उनले प्रदेश सभा संचालनका लागि प्रयाप्त विजनेश नभएकाले अहिलेका लागि सातौं अधिवेशन अन्त्यका लागि सिफारिष गरिएको बताए।