२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

पत्रकार महासंघ रुपन्देहीमा ३ सय २ मत खस्यो, मत गणना शुरु 

बुधवार , चैत्र २५, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीमा आज भएको निर्वाचनमा ३ सय २ जनाले मतदान गरेका छन्। ३ सय १३ जना मतदाता रहेको रुपन्देही शाखामा ३ सय २ जनाले मतदान गरेको निर्वाचन समिति संयोजक नारायण प्रसाद सापकोटाले जानकारी दिएका छन्। 

    पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी तथा कार्यसमिति सदस्य पदमा मतदान गरेका छन्। 

    रुपन्देहीमा ९६ दशमलब ४ प्रतिशतले मतदान गरेका छन्। यो मतदान अहिले सम्मकै सर्वाधिक हो। रुपन्देहीमा मत गणना शुरु भएको छ। 

    रुपन्देहीको बुटवल स्थित रुपन्देही व्यापार संघको सचिवालयमा मतगणना शुरु भएको हो। अहिले केन्द्रको मत गन्न शुरु गरिएको छ। मत गणनाको प्रारम्भीक चरणमा विपुल पोखरेलको प्यानल अग्र स्थानमा रहेको छ।