२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

विकासमा अवरोध हुनु हुँदैन : सांसद भण्डारी

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं, २ साउन । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकास कुनैपनि नाममा अवरोध हुन नहुने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठक बस्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकासका नाममा विरोध गरेर मुलुक सधैँ नचल्ने बताउनु भयो । मौजुदा कानूनको कारणले सधैँ जनताले दुःख पाइरहने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।

कुनैपनि कानूनी अल्झनको आधारमा विकासमा अवरोध हुन नहुने बताउनु भयो । नियतवश काम नगर्ने ठेकेदारलाई कानूनी प्रावधान देखाएर तत्काल कानूनी दायरामा ल्याउन माग गर्नुभयो । 

सांसद भण्डारीले भन्नुभयो, ‘विकास कुनैपनि नाममा अवरोध हुनु हुँदैन । यसरी मुलुक सधैँ चल्छ त । मौजुदा कानूनको कारणले सधैँ जनताले दुःख पाइरहनुपर्ने ? कुनैपनि कानूनी अल्झनको आधारमा अवरोधको काम भइरहेको छ । नियतवश काम नगर्ने ठेकेदारलाई कानूनी प्रावधान देखाएर अन द स्पोट कानूनको दायरामा ल्याउने कामन चाहियो । स्थानीय रुपमा हुने अवरोध निषेध हुने अवस्था निर्माण गरौँ ।’

सांसद भण्डारीले विकासका काममा अवरोध गर्ने कार्यकर्तालाई त्यसो गर्न नदिने कानूनी व्यवस्थ गर्नुपर्ने बताउनु भयो । कानूनी रुपबाट मुलुकलाई सञ्चालन गर्नुपर्ने बताउनु भयो ।