
आइतवार , श्रावण ४, २०८२
काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैँ स्वनियमनमा जानुपर्ने बताउनुभएको छ ।
आईतवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारमाध्यमहरु सकेसम्म आफैँ स्वनियमनमा जानुपर्ने बताउनु भयो ।
सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र आफैँ अराजक भए त्यसले समाजमा राम्रो नगर्ने बताउनु भयो । पत्रकारिताको नाममा भएको अराजकता रोक्नुपर्ने बताउनु भयो ।
सांसद शर्माले भन्नुभयो, ‘सकेसम्म स्वनियमनमा जानुपर्छ । पत्रकारहरु आफैँ आफ्नो आचारसंहीतामा जानुपर्छ । सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र छ । त्यो आफैँ फेरि अराजक भयो भने त्यसले राम्रो गर्दैन समाजमा । ’
सांसद शर्माले सबैखाले सञ्चारमाध्यमलाई समेट्नसक्ने नियामक निकाय आवश्यक रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij