२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

पत्रकार महासंघ रुपन्देहीकाे अध्यक्षमा पाेखरेल विजयी

बिहिवार , चैत्र २६, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल ।

    पत्रकार महासंघ रुपन्देहीकाे अध्यक्षमा रामराज पाेख्रेल विजयी भएका  छन् । १६३ मतसहित लोकतान्त्रिक प्यानलका रामराज पोखरेलले विजयी भएका छन् । उनका प्रत्यासी साझा प्यानलका दिनेश पाण्डे भने १२३ मत प्राप्त गरेका छन् । 

    त्यस्तै उपाध्यक्षतर्फ पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकाल विजयी भएका छन् । उनले १९४ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी साझा प्यानलका उम्मेद्वार हेम बहादुर पछाई ‘दिपेश’ ले १०० मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपाध्यक्षतर्फ साझा प्यानलकी अमृता अनमोल विजयी भएकी छन् । उनले १४९ मत प्राप्त गरेकी छन् । उनकी प्रत्यासी लोकतान्त्रीक प्यानलकी सन्जु पौडेलले १४८ मत प्राप्त गरेकी छन् । त्यसैगरी लोकतान्त्रिक प्यानलकै सञ्जय सौगात कोषाध्यक्षमा विजयी भएका छन् । उनले १५२ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी साझा प्यानलका स्वस्तिक श्रेष्ठले १४६ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी सचिव पदमा लोकतान्त्रिक प्यानलकै विनोद परियार विजयी भएका छन् । उनले १८५ मत प्राप्त गरेका छन् । साझा प्यानलका लक्ष्मण पोखरेलले ११० मत प्राप्त गरेका छन् । सहसचिवमा पनि लोकतान्त्रिक प्यानलकै विरेन्द्र कुँवर विजयी भएका छन् । उनले १६७ मत प्राप्त गरेका छन् । त्यस्तै केशव भण्डारीले १२२ मत प्राप्त गरेका छन् । समावेशी महिला सह–सचिवमा पनि  लोकतान्त्रिक प्यानलकै माया केसी विजयी भएकी छन् । उनले १८५ मत प्राप्त गरेकी छन् भने साझा प्यानलका गोबिन्द्र घर्तीले १०८ मत प्राप्त गरेका छन् ।

    यस्तै खुल्ला सदस्यमा लोकतान्त्रीक प्यानलकै प्रदिप आचार्य, कबिराज अधिकारी, थानेश्वर घिमिरे, मोती न्यौपाने (मोहन), प्रकाश पाण्डे, पुनहरि बेल्वासे, शंकर प्रसाद पाण्डे, महिला सदस्यमा लोकतान्त्रीक प्यानलकी हरिकला अधिकारी, जनजाती सदस्यमा पनि लोकत्रान्त्रीकै राज चौधरी, मधेसी सदस्यतर्फ लोकतान्त्रीककै राधेश्याम विश्वकर्मा विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा प्रगतिशिल साझा प्यानलका प्रकाश आचार्य  निर्वाचित भएका छन् ।

    लोकतान्त्रिक प्यानलको जीतसँगै करिब २० वर्षपछि पत्रकार महासंघको नेतृत्व प्रेस यूनियनले गर्दैछ ।