२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

प्रदेश समिति सदस्यबाट जसपा नेता पोखरेलले दिए राजीनामा

बिहिवार , चैत्र २६, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २६ चैत ।
    जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता उज्जवल पोखरेलले लुम्बिनी प्रदेश सदस्य पदबाट राजीनामा दिएका छन् । पार्टीका रुपन्देही जिल्ला अध्यक्ष राम अवतार यादवमार्फत लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव समक्ष राजीनामा दिएको पोेखरेलले जानकारी दिए ।

    प्रदेश कमिटी व्यक्तिवादी स्वार्थ पुरा गर्न मात्र सञ्चालित भएको महसुस भएको आरोप लगाउँदै उनले राजीनामा दिएका छन् । 

    ‘केही व्यक्तिहरुको पार्टी नीति, सिद्धान्त भन्दा पनि व्यक्तिको स्वविवेक, एकल निर्णय र कुनै पनि विषयमा छलफल, सुझाव सदस्यहरुसंग आवश्यक नपर्ने भूमिकाबिहीन भएर कमिटीमा बस्नु भन्दा म आजको मितिदेखि प्रदेश सदस्य पदबाट राजीनामा दिएको छु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।IMG-20210408-WA0000.jpg

    जसपा परित्याग गरी पोखरेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने तयारीमा समेत रहेको बुझिएको छ ।