
सोमवार , श्रावण ५, २०८२
काठमाडौं, ५ श्रावण । नर्वेजियन प्रहरीले पूर्वी ओस्लोको ट्वेटा सेन्टर सपिङ मलमा भएको गोलीकाण्डको घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जसमा एक जना गम्भीर घाइते भएका छन् । एक पत्रकार सम्मेलनमा ओस्लो प्रहरी जिल्लाका नट लुत्रोले संदिग्ध बन्दुकधारी, २० वर्षको उमेरका रहेको बताउनु भयो । एक व्यक्तिले आईतवार स्थानीय समय अनुसार दिउँसो १ बजे आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी हिरासतमा छन् । संदिग्ध व्यक्ति पूर्वी नर्वेमा बसोवास गर्ने तर नर्वेजियन नागरिक नभएको बताइएको छ ।
दुई समूहहरू बीचको झडप हिंसामा परिणत भएपछि शनिवार दिउँसो गोलीकाण्ड भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij