२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

एयर चाइनाद्वारा बेइजिङ—ताश्कन्दबीच सिधा उडान शुरु

सोमवार , श्रावण ५, २०८२

काठमाडौं, ५ साउन । चिनियाँ वाहक एयर चाइनाले बेइजिङ र उज्वेकिस्तानको राजधानी ताश्कन्द बीचको आफ्नो पहिलो सिधा उडान रुट शुरु गरेको छ ।

उद्घाटन उडान ताश्कन्द अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । ताश्कन्दमा एयर चाइनाको प्रतिनिधि ली गुआङपिङले नयाँ रुटले अर्थतन्त्र, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमा चीन र उज्बेकिस्तानबीच आदानप्रदान र सहयोगलाई प्रवद्र्धन गर्ने बताउनु भयो ।

यसले दुई देशहरू बीचको जनता–जनताको आदानप्रदान र स्रोतहरूको प्रवाहको लागि अझ सुविधाजनक र कुशल हवाई कोरिडोर पनि प्रदान गर्ने विश्वास लिइएको छ ।

उज्बेकिस्तान एयरपोर्ट ह्यान्डलिङका प्रथम उपनिर्देशक उमिद खामरायभले नयाँ हवाई कोरिडोरले दुई देशहरू बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गर्ने र पर्यटन र आर्थिक तथा व्यापारिक सम्बन्धको विकासमा योगदान पुर्‍यउने बताउनु भयो ।