२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय

सोमवार , श्रावण ५, २०८२

काठमाडौं, ५ साउन । सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलममा बैठक शुरु भएको हो । बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नुहुनेछ ।

साथै भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रश्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत गर्नुहुनेछ ।

त्यस्तै विधान महाधिवेशनमा प्रश्तुत गरिने संगठनात्मक प्रश्ताको सन्दर्भमा महासचिव शंकर पोखरेलले वडा केन्द्रित अभियान, सदस्यता नविकरण, प्रतिगमनकारी क्रियाकलाप विरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरुको अधिवेशन लगायतका बारेमा बैठकलाई जानकारी गराउनुहुने कार्यसूचि रहेको छ ।

केन्द्रिय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत हुने बताइएको छ । साथै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रिय कमिटीले गर्ने बताइएको छ। बैठक सोमवार र मंगलवार गरी दुई दिन चल्नेछ ।