२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

सहायताको पर्खाइमा रहेका ७३ प्यालेस्टिनीको हत्या

मंगलवार , श्रावण ६, २०८२

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ६ साउन ।गाजा पट्टीमा मानवीय सहायताको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबाट कम्तिमा ७३ प्यालेस्टिनीको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

    पीडितहरूमध्ये ६७ जना क्षेत्रको उत्तरी भागमा मारिएका छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले गाजा शहरको उत्तरपश्चिममा रहेको जिकिम क्षेत्र नजिकै भेला भएका हजारौं प्यालेस्टिनीहरूमाथि गोली चलाएको थियो ।

    उनीहरू सहायता ट्रकहरूको पर्खाइमा थिए । इजरायली सेनाले कुनै टिप्पणी गरेको छैन ।