
मंगलवार , श्रावण ६, २०८२
काठमाडौं, ६ साउन । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्काले विपी कोईरालाले नेपाली जनतालाई रैतीबाट मालिक बनाउने काम गर्नुभएको बताउनुभएको छ ।
विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपीले नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गर्नुभएको परिणामतः अहिलेको व्यवस्था आएको बताउनु भयो । उहाँले विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त सहज रहेको र सबैले बुझ्ने किसिमको रहेको बताउनु भयो ।
मन्त्री खड्काले भन्नुभयो, ‘नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गर्नुभयो । नेपाली जनतालाई रैतीबाट मालिक बनाउने अभियानमा जुट्नुभयो । उहाँको सिद्धान्त सहज छ । हामी अरु पार्टीका नेताहरुले प्रतिपादन गरेका सिद्धान्त होइन । विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त बडो सरल छ ।
जो कोहीले बुझ्न सकिन्छ । मानिसहरु समान अधिकार प्राप्त गर्न पाउनुपर्छ, त्यसको लडाईं थियो । मानिसहरु आर्थिक हिसावले पनि एउटा जीवन यापन गर्नसक्ने ठाउँमा पु¥याउनुपर्छ त्यो सरकारको दायित्व हो ।’
सांसद खड्काले देशलाई ऐक्यवद्धता गर्ने प्रयासमा नै आफ्नो जीवन गुमाउनुपरेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij