
मंगलवार , श्रावण ६, २०८२
काठमाडौं, ६ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर नरहेको बताउनुभएको छ ।
विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज नेपालमा आर्थिक नीति कसको के हो ? भन्नेकुरा स्पष्ट रहेको बताउनु भयो ।
उहाँले उदारवादी अर्थतन्त्रको नीति नेपाली काँग्रेसले नै शुरु गरेको र सबैले विश्वास गरिरहेको बताउनु भयो । उहाँले नेकपा एमालेसहित अन्य नयाँ राजनीतिक दलहरुको पनि कुनै नयाँ आर्थिक नीति नरहेको स्पष्ट पार्नुभयो । नेपाली काँग्रेस विचार शुन्यताको स्थितिमा नरहेको बताउनु भयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘आज नेपालमा आर्थिक नीति कसको के हो ? भनेर भनिरहन पर्दैन । नेपाली काँग्रेस पार्टीले नै शुरु गरेको उदारवादी अर्थतन्त्रमा सबैले विश्वास गरेको स्थिति छ । नेपाली काँग्रेसको यो आर्थिक नीति हो । तर नेकपा एमालेका पनि यही आर्थिक नीति हो । नयाँ पार्टीहरुको पनि यही आर्थिक नीति हो ।
नेपालमा पार्टी धेरै छ तर विचारमा अन्तर केही पनि छैन । बरु नेपाली काँग्रेस पार्टीले एकदमै धेरै स्पष्ट बनाउन नसकेको हो । नेपाली काँग्रेस पार्टी एकदमै विचार शुन्यताको स्थितिमा चाहीँ छैन । तर विपी कोईरालाले जसरी गरिबमुखी नीतिको वकालत गर्नुभयो ।’
मन्त्री पौडेलले सरकारमा जाँदा पार्टीको फेहरिस्त कार्यान्वयन गर्ने सन्दर्भमा स्पष्टताको जरुरी रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij