
मंगलवार , श्रावण ६, २०८२
काठमाडौं, ६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाउनुभएको छ ।
पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । राजनीतिक अवस्था लथालिङ्ग र कम्युनिष्ट कार्यकर्ताहरु अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटी रहेको आरोप लगाउनु भयो । उहाँले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरुलाई नरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको राजनीति अस्थिर र भ्रष्टिकरण हुनुमा कम्युनिष्टको दोष छ । कम्युनिष्ट शक्तिहरुमा माओवादीको सबैभन्दा ठूलो दोष छ । आजको राजनीति भ्रष्ट हुनु, लथालिङ्ग हुनुमा, नेता कार्यकर्ताहरुलाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबैभन्दा त्रुटी माओवादीको छ । हाम्रो हो नि । हाकी उम्किने ठाउँ छैन ।’
स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij