२०८२, पौष १७ गते

Jan 01 2026 | २०८२, पौष १७ गते

सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने

मंगलवार , श्रावण ६, २०८२

  • 997
    Shares
  • 997
    Shares
  • काठमाडौं, ६ साउन । सरकारले विपद्पछिको प्रतिकार्यका लागि ड्रोनको प्रयोग गर्ने भएको छ ।

    मंगलवार गृह मन्त्रालयमा सरकार र नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघबीच विपद्पछिको प्रतिकार्य (खोज, उद्धार र राहत) का लागि ड्रोनको प्रयोग गर्ने सम्झौता गरेको हो । संघहरुले विपद्पछिको प्रतिकार्यका लागि निःशुल्क चालकसहितको ड्रोन उपलब्ध गराउने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताउनु भयो ।

    उहाँले नेपाल विपद्को धेरै जोखिम भएको भूगोलमा रहेको बताउनु भयो । विपद् प्रतिकार्यका लागि सरकारले अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा सरकार पुगेको बताउनु भयो । निजी क्षेत्रलाई पनि विपद् प्रतिकार्यमा संलग्न गराइ अघि बढिएको बताउनु भयो । 

    गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामी विपद्को अत्यन्त ज्यादा जोखिम भएको भूगोलमा छौँ । भूकम्पको जोखिम छ । बाढी, पहिरो, चट्याङ, आगलागी, लू लाग्ने, हिउँ लाग्ने सम्मका जोखिम छन् । हामीले विपद्को पूर्वसूचना र प्रतिकार्यका लागि हमेसा तयार अवस्थामा बस्न जरुरी छ ।

    विपद् पूर्वको सूचना प्रणालीलाई चुस्त दुरुस्त गर्ने, कुन ठाउँमा अत्याधिक वर्षा हुने सम्भावना छ, कुन नदीमा बाढीको सम्भावना छ, कुन ठाउँमा डुबान, पहिरोको सम्भावना छ, यसको सूचना समयमा नै संप्रेषण गरी मानिसको जिउ,ज्यान र सम्पतीको सुरक्षा गर्नेकुरा हो । अर्को विपद् भइसकेपछि प्रतिकार्यको पाटो छ ।

    कुनै ठाउँमा विपद् भयो भने ड्रोको प्रयोग गरेर खोज, उद्धार र आवश्यकता परे राहतसम्म पनि धेरै ज्यादा राहत पठाउन नसके पनि औषधि, तत्काल पिउने पानी पठाउनसक्छौँ । नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघका सम्पूर्ण पदाधिकारीलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु ।’

    गृहमन्त्री लेखकले सरकारले विपद्को प्रतिकार्यका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको बताउनु भयो ।