२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

एबिसी नेपालको काममा स्वतन्त्रता परियोजनाको समिक्षा

शुक्रवार , चैत्र २७, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा। एबिसी नेपालको आयोजनामा काममा स्वतन्त्रता परियोजनाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

    एबिसी नेपालको आयोजना तथा अन्तराष्ट्रिय श्रम संगठन आईएलओको सहयोगमा भएको कार्यक्रममा सस्थाले बर्षभरी गरेका कार्यक्रममा बारेमा जानकारी दिईएको थियो। 

    कार्यक्रममा सरकारी तथा अन्य गैरसरकारी सस्थाका प्रतिनिधीलाई सहभागि गराएर गरिएको कार्यक्रममा एबिसी नेपालले बर्षभरीमा गरेका कामका बारेमा समिक्षा गरिएको थियो। 

    एबिसी नेपालले काममा स्वतन्त्रता परियोजना अन्तरगत १५ जनालाई आय आर्जनका लागि सहयोग गरिएको कार्यक्रम अधिकृत सुन्नर हरिजनले जानकारी दिए। उनले सस्थाले सहयोग गरेको आर्थिक सहयोग पछि ती १५ जना महिलाहरुले अहिले बिभिन्न आयआर्जनका काम गरि आफ्नो जिविको पार्जन गरिरहेको बताए। 

    एबिसी नेपालले बर्षभरीमा ३ हजार ३ जनालाई बैदेशिक रोजगारीका बिषयमा सचेतना मुलक प्रशिक्षण दिईएको सस्थाका क्षेत्रिय प्रबन्धक मनोजव लामिछानेले जानकारी दिए। 

    उनले सस्थाले सकेसम्म बैदेशिक रोजगारमा नजान आग्रह गर्ने र जानै पर्ने भए नेपालको श्रम कानुन बुझेर मात्रै जानु पर्नेमा जोड दिने गरेको बताए। 

    एबिसीले किशोर किशोरी र महिलाका बिषयमा काम गर्दै आएको छ। कार्यक्रम एबिसी नेपालका क्षेत्रिय अध्यक्ष प्रतिभा देवकोटाको अध्यक्षमा सम्पन्न भएको थियो।