२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

घटना दर्ता किताब डिजिटाईजेशन तथा दर्ता शिविर सञ्चालन विषयक अभिमुखीकरण

शुक्रवार , चैत्र २७, २०७७

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • भैरहवा, २७ चैत ।
    सिद्धार्थनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले स्थानीय तहका पदाधिकारी तथा वडा सचिवहरुका लागी घटना दर्ता किताब डिजिटाईजेशन तथा दर्ता शिविर सञ्चालनका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    नगरप्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख उमा काफ्ले, जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव चेतनशील लम्साल तथा सबै १३ वडाका वडाअध्यक्षहरुको आतिथ्यता र कार्यपालिकाको कार्यालयका विभिन्न शाखा/उपशाखा प्रमुखहरु एवं सबै वडाका वडा सचिवहरु र सेवा ईकाईका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले जनताले अनुभूति गर्न सक्ने गरी सरल र सहज सेवा प्रवाह गर्नु पर्नेर जनताले गुनासो नगर्ने गरी सबैले आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिए । प्रमुख प्रशासकीय अधिकृत मरासिनीले नगरपालिकाको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउदै सेवाग्राहीले सरल सहज सेवा पाउने गरीविभिन्न पक्षमा सुधार गर्न लागिएको बताए । 
    नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम कार्यान्वयनको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएकोले यसलाई कुशलतापूर्वक सम्पन्न गर्न सबैको सार्थक प्रयास आवश्यक रहेको उनको भनाइ थियो । उनले नगरपालिकाले सबै वडामा अनलाइन घटना दर्ता प्रणाली सुरुवात गरिसकिएको र सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणालीबाट वितरण भइरहेको जानकारी दिए ।

    त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले पञ्जिकरण तथा स्थानीय तहबाट हुने सिफारिसका कानूनी पक्षबारे जानकारी गराउँदै वडामा आइपरेका समस्याबारे वडाअध्यक्ष र वडा सचिवहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिकृत कमल कान्त खनालले डिजिटाईजेशन, दर्ता शिविर, सूचना तथा सञ्चार पहुँच अभियान तथा गुनासो सुनुवाई प्रणालीका विविध पक्षबारे जानकारी गराएका थिए । नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।