
शुक्रवार , श्रावण ९, २०८२
भैरहवा । लायन्स क्लव अफ सिद्धार्थनगरले कान नसुन्ने र बोल्न नसक्ने दुई जना बालकलाई आर्थिक सहयोग गरेको छ । बालकहरुको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले क्लवका सदस्यहरुबाट संकलन गरिएको ५१ हजार रुपैया सहयोग स्वरुप बालकका बुबा आमालाई प्रदान गरिएको क्लवका अध्यक्ष धर्मराज आर्चायले जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष आर्चायले ‘क्लबको मानविय सहायता परियोजना’ अन्तर्गत श्रवण शक्ति र बोल्ने क्षमता नभएका जुम्ल्याहा बालकहरु एरिक र इभान थारुको उपचारका लागि उक्त रकम सहयोग गरिएको बताउनु भयो ।
लायन्स ईन्टरनेश्नल डिष्ट्रिक पि का सेकेण्ड भाईस गभर्नर मिना पन्थीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पास्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, क्लवका पुर्व अध्यक्ष नेत्र आर्चाय लगाएतले ५१ हजार रुपैयाको चेक हस्तान्त्रण गर्नुभएको क्लवका अध्यक्ष धर्मराज आर्चायले बताउनुभयो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ स्थायी घर भइ हाल सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आउनुभएका सन्तराम थारु र सुनिता कार्कीका साढे ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक र इभानको जन्मजातै कान नसुन्ने समस्या छ ।
दुवै बालकहरुको कानमा कक्लियर इम्प्लान्ट राख्न कम्तीमा ४० लाख रुपैयाँ लाग्ने चिकित्सकले जनाएका छन् । आर्थिक अवस्था कमजोर भएपछि परिवारले सहयोगको अपील गरेको छ ।
बालकहरुको उपचारका लागि क्लबले अन्य लायन्स क्लव र संघ–संस्थालाई समेत सहयोगको आग्रह गरेको छ । अध्यक्ष आर्चायले सानो सहयोगले बालकहरुको भविष्य उज्वल गराउन योगदान पुग्ने भएकाले सबैलाई सहयोग गर्न अपील गर्नुभयो ।
सो अबसरमा बोल्ने वक्ताहरुले जन्मजात श्रवण र बोल्ने क्षमता नभएका बालकहरुलाई सबै लायन्स मित्रहरुले सहयोग गर्नु पर्ने जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij