२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

पौडी खेल्नेक्रममा डुवेर भैरहवाका दुई बालकको मृत्यु

शनिवार , श्रावण १०, २०८२

भैरहवा, १० साउन । रुपन्देहीको भैरहवास्थित डण्डा नदीमा पौडी खेल्ने दुई जना बालकको मृत्यु भएको छ । सिद्धार्थनगर–१ स्थित डण्डा खोलामा डुवेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार दिउँसो करिब ३ बजे बालकहरुको डुवेर मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपाने रहेको प्रहरीले जनाएको छ । 

पौडी खेल्ने क्रममा बालकहरु हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई बालकलाई डण्डा खोलामा मृत अबस्थामा फेला पारेको रुपन्देही प्रहरीले जनाएको छ । 

पक्लिहवा कृषि क्याम्पस पछाडि रहेको डण्डाखोलामा ५ जना बालकहरु पौडी खेल्न गएका थिए । प्रहरी नायव उपरिक्षक सुरज कार्कीले ५ जना मध्य ३ जना पौडी खेलेर बाहिर निस्किएको र २ जना पौडे खेल्ने क्रममा डुवेर मृत्यु भएको जानकारी दिनुभयो । 

अर्याल र न्यौपानेको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा लगिएको छ ।