२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

अपरादर्शी संरचनाका कारण आर्थिक चलखेल हुने गरेको : पुष्पकमल दाहाल

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह अरु भन्दा निकै राम्रो रहेको बतानुभएको छ । 

माओवादी केन्द्र समाज कल्याण विभागद्वारा मंगलबार ललितपुरमा आयोजित सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पार्टी कुनै हस्तक्षेप नगर्दा पनि आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तह अरु भन्दा निकै राम्रो रहेको बताउनुभएको हो ।  

अझै योजनाबद्ध रुपमा अघि बढ्न सके अझै राम्रो गर्न सकिने उहाले बताउनुभयो । प्रचण्डले अहिलेको अपरादर्शी संरचनाका कारण आर्थिक चलखेल हुने गरेको भन्दै त्यसमाथि हस्तक्षेप गरेर इमान्दारीका साथ संस्थाहरुलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।  

देशको राजनीति र बिभिन्न संस्थामा माओवादीको नीतिका साथ हस्तक्षेप गर्न चाहेको प्रचण्डको भनाइ छ ।  अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । 

प्रचण्डले सरकारमा हुँदा विभिन्न सामाजिक संघ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको जिकिर गर्नुभयो । विदेशी दातृ निकायले विभिन्न संस्था मार्फत खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल समेत माओवादीको नेतृत्वको सरकारले गरेको उहाको भनाइ छ ।