२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

सेवा भनेर निशुल्क विधुत बाड्न नसकिने : हितेन्द्रदेव शाक्य

मंगलवार , श्रावण १३, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १३ साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा डिप बोरिङ जडान हुने स्थानमा छिटो भन्दा छिटो विधुतको पहुँच पुराउन मातहतका कार्यालयलाई निर्देशन दिनुभएको छ ।

    मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सवै वितरण प्रमुखसंग छलफल गर्दै कार्यकारी निर्देशक शाक्यले डिप बोरिङ जडान हुने स्थानमा स्थानीय तह र मातहतका निकायहरुसंग समन्वय गर्दै विधुतको तार, पोल, मिटर जडान लगाएतका काम ५ देखि १० दिन भित्र गरिसक्न निर्देशन दिनुभएको हो ।

    सिँचाईका लागि सहज गर्न थ्रीफेज लाइन जडान गर्नुपर्ने भन्दै उहाले प्रक्रियामा बिषयमा नअल्झिकन छिटो सेवा दिन समेत निर्देश गर्नुभयो। शाक्यले प्राधिकरण सेवामूलका साथै व्यवसायीक संस्था भएकाले विधुत बिक्रिबाट संस्था सञ्चालन हुने स्पष्ट पार्नुभयो । प्राधिकरण सरकारको अनुदानबाट नचल्ने भएकाले सेवा सुविधा बढाउनका लागि दवाव दिनु उचित नभएको उहाको भनाइ छ । 

    शाक्यले प्राधिकरणको घाटा बढ्दै गए संस्था नोक्सानमा जान धेरै समय नलाग्ने भएकाले यसबारेमा सवैलाई बुझाउन जरुरी रहेको बताउनुभयो । सेवा भनेर निशुल्क विधुत बाड्न नसकिने उहाले स्पष्ट पार्नुभयो । उहाले सिँचाई र खानेपानीका लागि सस्तोमा विधुत उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।