२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राप्रपा शुद्धोधनको अधिवेशन, अध्यक्षमा थारु

शनिवार , चैत्र २८, २०७७

भैरहवा, २८ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुद्धोधन गाउँपालिका, रुपन्देहीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुष्पराज थारुको अध्यक्षतामा २६ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको सदस्यहरुमा पुनम चौधरी, मनिराम चौधरी, कौशल कुमार चौधरी, विमल सार्की, सुनिल आचार्य, दिपक क्षेत्री, माहिमा खत्री, जंग बहादुर थारु, राम बहादुर चौधरी, मीना थारु, कृष्ण बहादुर थापा, मीना थारु, विरेन्द्रराज वास्तोला, गीता चमार, फुलमान चौधरी थारु, दिपक प्रसाद बस्याल, सावित्री कुम्हाल, नरेन्द्र थापा, मनोज कुमार खनाल, बसन्ती पासी, गोविन्द पासी, राजकिशोर यादव, चन्द्र यादव, चन्द्रिका कुमाल र सन्दिप पटेल रहेका छन् ।

राप्रपाका युवा नेता पुष्पराज थारुको अध्यक्षता, पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्यद्वय तोयानाथ लम्साल, शक्ति सापकोटा, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, नेताहरु शंकर खत्री, क्याप्टेन प्रेम कुंवर, राम बहादुर थापा, अमरदीप गुरुङ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता चन्द्र यादवको नेतृत्वमा जसपा परित्याग गरी ४८ जना राप्रपामा प्रवेश गरेका पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । त्यस्तै स्थानीय नेता राम भजन यादवसहित १५३ जना विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेको गुप्ताले जानकारी दिए ।