२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

राप्रपा सैनामैनाको अधिवेशन, अध्यक्षमा चौधरी

शनिवार , चैत्र २८, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, २८ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सैनामैना नगरपालिका, रुपन्देहीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हरि नारायण चौधरीको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा तोलाकान्त गैरे, मिनका देवी ढकाल र हरि प्रसाद चौधरी रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा हरि प्रसाद गौतम, करुण कुमार कुवर, चुरामणि भट्टराई, मातृका ढकाल, खेम बहादुर दर्जी, विष्णु प्रसाद पोख्रेल, विष्णु कुमारी थापा, शिवलाल पोख्रेल, छबिराज ढकाल, विक्रम प्रसाद थारु, राधेश्याम थारु, दिल बहादुर थारु, लिला वल्लब गैरे, प्रदिप पाण्डे, मिन बहादुर रायमाझी, छबिलाल भट्टराई र मनमाया वि.क. रहेका छन् । 

    हरि नारायण चौधरीको अध्यक्षता, वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्यहरु तोयानाथ लम्साल, शक्ति सापकोटा, राजेन्द्र पाण्डेय, नवीन पौडेल, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, नेताहरु शंकर खत्री, अमरदीप गुरुङ, रमन गिरी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।