२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको : मन्त्री गुरुङ

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं, १६ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रलाई सरकारले बिशेष प्राथमिकतामा राखेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना रहेकाले सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको हो  ।

उहाले सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको जिकिर गर्नुभयो ।

सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर सृजनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर बिस्तारै राज्यले निर्माण गर्ने उहाले बताउनुभयो । 

दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा युवाले बनाएका सूचना प्रविधि सम्बन्धी विभिन्न नवीन कामका नमुना प्रदर्शन गरिएका छन् ।