२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

जनजागरण अभियान गर्दै संघीय लोकतान्त्रिक मोर्चा

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं, १६ साउन । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आइतबारदेखि सुरु हुने भएको छ । साउन १८ गतेदेखि मोर्चाको ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाण्डौबाट सुरु हुन लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । 

मधेशकेन्द्रित ७ दलको मोर्चाले काठमाण्डौ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्वबारे प्रष्ट पार्ने बस्नेतले बताउनुभयो ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चा सम्बद्ध दलहरु आवश्यक तयारीमा जुटेको र जसपा नेपालले ८ स्थानको कार्यक्रममा सहभागी हुने नेताहरुको टुंगो समेत लगाइसकेको बस्नेतले बताउनुभयो ।