images

आइतवार, बैशाख २३ गते २०८१

लुम्बिनी प्रदेशमा बिउबिजन ऐन लागु  

लुम्बिनी प्रदेशमा बिउबिजन ऐन लागु  

images
images
images
शनिवार, चैत्र २८ २०७७
शनिवार, चैत्र २८ २०७७
  • लुम्बिनी प्रदेशमा बिउबिजन ऐन लागु  

    बुटवल, २८ चैत । 
    लुम्बिनी प्रदेश सरकारले बिउबिजन ऐन लागु गरेको छ । किसानलाई गुणस्तररिय बिउबिजन उपलब्ध गराउने, बिउबिजनमा नेपाललाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने ऐनको मुल उद्देश्य रहेको छ । 

    images
    images
    images

    प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशमा बिउबिजन उत्पादन, बजारीकरण र उपयोग सम्बन्धी निति बनाउने, कार्यान्वयन गर्ने र अनुगमन गर्ने ऐनको अर्को उद्देश्य रहेको छ । प्रदेशमा बिउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको बिधियक प्रदेशसभाबाट पारित भइ बिउबिजन ऐन बनेको हो । 

    प्रदेशमा गुणस्तरीय बिउबिजन उत्पादन, बजारीकरण र व्यवस्थित उपयोग गर्ने मुल लक्षसहित प्रदेश सरकारले सो ऐन बनाइएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका बाली विकास अधिकृत शालिकराम गौतमका अनुसार गुणस्तरीय बिउबिजनको उत्पादन, कारोबार र प्रयोगलाई व्यवस्थित गरी गुणस्तरिय खाद्यान्न, तरकारी तथा फलफुल उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने सो ऐनको लक्ष्य हो ।

    बिउबिजन उत्पादन कम्पनी, कारोबार गर्ने व्यवसायी र उपयोग गर्ने किसानलाई सामुहिक रुपमा लक्षित गरि व्यवस्थापन गर्ने एवं गुणस्तरीय बिउबिजन उत्पादन गरी समग्र प्रदेश र नेपाललाई नै आत्मनिर्भरताको बाटोमा उन्मुख गराउने सो ऐनको अर्को लक्ष्य रहेको अधिकृत गौतमले बताए । 

    बिउबिजन सम्बन्धी विषय अत्यन्तै संवेदनशिल भएकोले संघीय सरकारले भन्दा अगावै लुम्बिनी प्रदेश सरकारले बिउबिजन ऐन बनाएको हो । संघीय बिउबिजन ऐन २०४५ को दोस्रो संसोधन अहिले संघीय संसदमा विचाराधिन अवस्थामा छ । संघीय बिउबिजन ऐन बमोजिम सोही आधारमा रहेर प्रदेश ऐन बनाइएको र बिउबिजन उद्योग तथा व्यवसाय दर्ता, नविकरण र सुचीकृत भएका सरोकारवाला पक्षले मात्र बिउबिजनको उत्पादन तथा कारोबार गर्ने व्यवस्था ऐनमा छ । 

    बिउबिजन ऐन, निति, नियम र निर्देशनविपरीत कार्य गरेमा उत्पादक तथा व्यवसायीलाई कारबाही तथा जरिवाना समेत गर्ने व्यवस्था ऐनमा रहेको अधिकृत गौतमले बताए ।

    संघीय बिउबिजन ऐन २०४५ बमोजिम दोस्रो संशोधन अहिले संसदमा विचाराधिन रहेको भए पनि संघीय सरकारको बिउबिजन नितिमा आधारित रहेर कार्य सम्पादन भइरहेको अधिकृत गौतमले बताए । गौतमका अनुसार प्रदेशमा ऐन कार्यान्वयन गर्न गराउन मन्त्रालयका सचिवको अध्यक्षतामा प्रदेश बिउबिजन व्यवस्थापन समिति गठन गरिएको छ । 

    ऐन अन्तर्गत प्रदेशमा बिउबिजन प्रयोगशाला स्थापना गर्ने योजना रहेको र भविष्यमा लुम्बिनी प्रदेश र समग्र मुलुककै उत्पादकत्व वृद्धि गरी समृद्धिको दिशामा अघि बढाउन एवं आर्थिक उन्नति हासिल गर्न बिउबिजन ऐनले सघाउ पुग्ने विश्वास प्रदेश सरकारले गरेको छ । यसले मुलुकको कुल ग्राहस्थ उत्पादनमा पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ । 




    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij